२०८२ बैशाख ४ गते शुक्रवार

५८ जिल्लामा कांग्रेस अधिवेशन सम्पन्न, बलियो बन्दै देउवा



मङ्सिर १४
नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत ५८ जिल्लाको अधिवेशन सम्पन्न भएको छ। मंगलबार दिउँसोसम्म ५८ जिल्लाको अधिवेशन सकिएको हो।
मत परिणाम सार्वजनिक भएका कांग्रेस जिल्ला सभापतिमा देउवा पक्ष हावी देखिएको छ। हालसम्म ५८ जिल्लाको नतिजा सार्वजनिक भएको छ जसमध्ये २८ जिल्लामा संस्थापन पक्षले पकड जमाएको छ ।
१४ औं महाधिवेशनअन्तर्गत जिल्ला अधिवेशनको अहिलेसम्मको परिणाममा संस्थापन शेरबहादुर देउवा पक्षलाई संस्थापन इतर पौडेल पक्षले पन्छाइरहेको देखिएको छ।
हालसम्म ५८ जिल्लाका सभापतिको नतिजा आएकामध्ये संस्थापन अर्थात् सभापति शेरबहादुर देउवानिकट २८ जना सभापतिहरू निर्वाचित भएका छन। वरिष्ठ नेता रामचन्द्र पौडेलले नेतृत्व गरेको संस्थापनइतर समूहले २७ जिल्लामा सभापति जितेको छ।

प्रकाशित मिति : २०७८ मङ्सिर १४ गते मङ्गलवार