२०८१ चैत्र ७ गते शनिवार

रावलले लिएनन् केन्द्रीय सदस्यको शपथ



मङ्सिर १४
नेकपा (एमाले)का नेता भीम रावलले केन्द्रीय कमिटी सदस्यको शपथ लिन अस्वीकार गरेका छन्।
अध्यक्ष केपी शर्मा ओलीले नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई शपथका लागि उभिन आग्रह गर्दा सबै उठे, तर रावल बसेको सिटबाट उठेनन्।
रावलले यसअघि नै केन्द्रीय सदस्यमा आफूले उम्मेदवारी नदिएको बताउँदै शपथ पनि नलिने बताएका थिए।

प्रकाशित मिति : २०७८ मङ्सिर १४ गते मङ्गलवार