२०८१ बैशाख ७ गते शुक्रवार

अश्वारा मा दिपप्रज्वलन



मङ्सिर १४ ।
तुलसीपुर उपमहानगरपालिका वार्ड न ८ अश्वार मा आज दिप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ।ने क पा एमाले का गतिशील नेता एबम तुलसीपुर उपमहानगरपालिका का मेयर घनश्याम पाण्डे ने क पा एमाले को केन्द्रीय सदस्य मा लोकप्रिय मत लिएर विजय हासिल गरेको खुशिलायालि मा दिपप्रज्वलन कार्यक्रम सम्पन्न भएको हो ।


सभा को सम्बोधन गर्दै युवा संघ का जिल्ला सदस्य श्रिधर साहु(अन्तिम ) ले तुल्सिपुर नगरीले नेपालकै प्रतिष्ठित एबम लोकप्रिय नेता घनश्याम पाण्डे केन्द्रिय सदस्यमा निर्बाचित हुनु तुल्सिपुर क्षेत्रकै लागि अबसर भएको बताउनु भयो । सोही अबसर मा बोल्दै युवा संघका वडा न ८ का अध्यक्ष ललित वलि ले दाङ लाई केन्द्रिय राजनीतिमा जोड्न पाण्डेले महत्त्वपूर्ण भुमिका खेल्ने बताउनु भएको थियो।
कार्यक्रम को सहजीकरण वार्ड सह सचिव घनश्याम भण्डारी ले गर्नु भएको थियो ।

प्रकाशित मिति : २०७८ मङ्सिर १४ गते मङ्गलवार