२०७९ मङ्सिर ८ गते बिहिवार

बोलेरो जीप दुर्घटना हुँदा वडा सदस्यसहित ३ जनाको मृत्यु




मङ्सिर १३।
म्याग्दीको रघुगंगा गाउँपालिका– १, बेगखोलामा बोलेरो जीप दुर्घटना भएको छ। सोमबार साँझ बेनीदेखी बेगखोला जाँदै गरेको ग १ ज ७२ ५१ नम्बरको बोलेरो जीप घाव्पा औल स्थित घुम्तीमा दुर्घटना भएको स्थानीय ओमकुमारी फगामीले जानकारी दिइन्। जीपमा चालक सहित ८ जना सवार थिए ।

आठ जना मध्य ३ जनाको घटना स्थलमै मृत्यु भएको छ । ज्यान गुमाउनेमा मृत्यु हुनेमा खिमनाथ शर्मा ,खिमु पुन र वडा सदस्य गौमाया विक रहेका छन् । घाइतेमा हुनेमा स्थानीय बलबहादुर बिक ,ज्ञानु शेरपुर्जा ,मनोज पुन ,दुतबहादुर थापा (चालक) ,र बिसुन फगामी रहेका छन् ।अन्यको भने उद्धार गरी बेनी अस्पताल ल्याइएको छ । यता जिल्ला प्रहरी कार्यालय म्याग्दीले जीप दुर्घटना भएको जनाएको छ ।

प्रहरी निरीक्षक तथा सुचना अधिकारी विरेन्द्र राज गुरुङका अनुसार साँझ करिब ५ बजेको समयमा दुर्घटना भएको हो । जीप सडकदेखी करिब दुई सय मिटर तल खसेको थियो ।

प्रकाशित मिति : २०७८ मङ्सिर १३ गते सोमवार