२०८१ बैशाख ६ गते बिहिवार

एमाले मा लामो रस्साकस्सी पछि सहमती को नजिक




मङ्सिर १२।
लामो रस्साकस्सीपछि नेकपा एमालेले केन्द्रिय सदस्य तथा पदाधिकारीको नाम टुंगो लगाएको छ।

ओली निकट स्रोतका अनुसार सर्वाधिक पेचिलो बनेको वरिष्ठ उपाध्यक्ष र महासचिव पदमा पोखरेलद्वयले बाजी मारेका छन्।

अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र महासचिवमा शंकर पोखरेलको नाममा सहमति जुटाएका हुन्। वरिष्ठ उपाध्यक्ष पदमा सुवास नेम्वाङ र महासचिवमा विष्णु पौडेलले दावी नछोड‍ेपछि मुख्य पदमा सहमति जुटाउन हम्मेहम्मे परेको थियो।

हिजोको बन्दसत्रले अध्यक्ष ओलीलाई सर्वसम्मतिमा पार्टीको भावी नेत‌ृत्वको नाम पेश गर्ने सर्वाधिकार दिएको थियो।

स्रोतका अनुसार बाँकी पदाधिकारीसहित ३०१ सदस्यीय कन्द्रिय किमटीको पनि टुङ्गो लागेको छ। टुंगो लागेको नामलाई अध्यक्ष ओलीले केहीबेरमा सुरु हुने बन्दसत्रमा पेश गर्दैछन्।

अरु नेताहरु नाम टुंग्याएर बन्दसत्र हल पुगे पनि अध्यक्ष ओली भने आफू बसेको पार्क सफारी होटलबाट निस्किने तयारीमा छन्

प्रकाशित मिति : २०७८ मङ्सिर १२ गते आइतवार