
मङ्सिर १२।
नेपाली कांग्रेस दाङको सभापतिमा शंकरप्रसाद डाँगी निर्वाचित हुनु भएको छ । सभापति पदका लागी हिजो भएको मतदानमा कुनै प्रतिस्पर्धिले पनि ५१ प्रतिशत मत लिन नसकेपछि दोस्रो पटक मतदान आज बिहान देखि गर्ने तयारी गरिएको थियो । तर सभापित पदका लागि सहमति भएपछि शंकर डाँगि निर्वाचित हुनुभएको हो ।

सभापति पदमा चार जनाको उम्मेदवारी थियो । जसमा शंकरप्रसाद डाँगीले ७ सय ७६, भुुपबहादुर डाँगीले ५ सय ४६, जानकीलाल बस्नेतले ४ सय ७१ र कमलकिशोर घिमिरेले ३ सय १५ मत प्राप्त गरेका थिए । त्यसमध्ये धेरै मत ल्याउने भुव बहादुर डाँगी र शंकरप्रसाद डाँगी बिच आज निर्वाचन हुने कार्यतालिका थियो । भुवबहादुर डाँगी ले आफ्नो उमेद्वारी फिर्ता लिदै शंकरप्रसाद डाँगी सभापतिमा निर्वाचित भएको घोषणा गनुभएको थियो।उहाँ को उम्मेदवारी फिर्ता सङै डागी निर्बाचित हुनु भएको हो।
प्रकाशित मिति : २०७८ मङ्सिर १२ गते आइतवार