२०८१ असार ३ गते आइतवार

एमाले महाधिवेशन :भीम रावललाई मनाउने कसरत जारी, पर्चा खोसिए



मङ्सिर १२ ।
एमालेको जारी १० औँ महाधिवेशनमा सर्वसम्मत पदाधिकारी तथा नेतृत्व चयनको एजेन्डा पेचिलो बनेको छ । अध्यक्ष पदमा उम्मेदवारी दिएका भीम रावललाई उम्मेदवारी फिर्ता लिन केपी ओली पक्षीय नेताहरुले निकै फकाइरहेको बताइएको छ ।


निर्वाचन प्रक्रिया शुरु हुनअघि नै अधयक्ष ओली र रावलबीच भेट गराउने प्रयास भइरहेको छ । रावललाई पनि सहमतिमा ल्याउन ओलीनिकट नेताहरु हिजोदेखि नै लागिपरेको बताइएको छ ।

बन्दसत्र स्थलमा भीम रावलको पक्षमा देखिएका पर्चा समेत खोसिएका छन् । महाधिवेशन प्रतिनिधिहरु प्रवेश गर्ने क्रममा स्वयंसेवकहरुले केही विषयमा कडाइ गरेको बताइएको छ । रावललाई भोट माग्ने खालका चुनावी पर्चा बन्दसत्रभित्र प्रवेश गर्न दिइएको छैन तर रावल ब्याक हुने संकेत देखिएको पनि छैन ।

प्रकाशित मिति : २०७८ मङ्सिर १२ गते आइतवार