२०७९ माघ १७ गते मङ्गलवार

युवा संघ तुलसीपुरको अध्यक्षमा लक्ष्मण वली




तुलसीपुर, ११ मंसिर ।
नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपाल तुलसीपुरको भेला भएको छ । भेलाले लक्ष्मण वलीको अध्यक्षतामा ५१ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । जसको उपाध्यक्षमा बिकास नेपाली, सचिवमा बिरोग गिरी (शम्भु), उपसचिवमा जनक नेपाली र रोशन परियार चयन भएका छन् । त्यस्तै भेलाले सम्पूर्ण वडा कमिटीका अध्यक्ष र सचिवहरु पनि चयन गरेको छ ।

भेलाको जिल्ला उपाध्यक्ष जबिन राणा र हरिश गिरीले गरेका थिए ।
त्यस अवसरमा नेकपा (एकिकृत समाजवादी) का केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इञ्चार्ज भागवत विश्वासी, संविधानसभा सदस्य अनारकली मिया, दाङ जिल्ला संगठन बिभाग प्रमुख डिल्ली डाँगीलगायतले मन्तब्य ब्यक्त गरेका थिए ।
नगर अध्यक्ष विष्णु थापाको अध्यक्षतामा भएको भेलाको सहजीकरण पार्टीका नगर सचिव दिपक कुमालले गरेका थिए ।

प्रकाशित मिति : २०७८ मङ्सिर ११ गते शनिवार