२०८१ बैशाख ६ गते बिहिवार

पार्टी पुनर्गठनको अवसरमा विभिन्न कार्यक्रमको आयोजना



मङ्सिर ०७।
पार्टी पुनर्गठन दिबसको अवसरमा नेपाल कम्युनिस्ट पार्टी दाङले विभिन्न कार्यक्रमको आयोजना गर्ने भएको छ । जस अन्र्तगत आज घोराहीमा मोटरसाइकल र्‍याली आयोजना गरेको र भोलि तुलसीपुरमा विभिन्न खेलकुदका कार्यक्रम आयोजना गरेको पार्टीले जनाएको छ।

पार्टी पुनर्गठन दिबसको अवसरमा नेपाल कम्युनिस्ट पार्टीले भोलि तुलसीपुरको अरनिको मैदानमा विभिन्न अतिरिक्त क्रियाकलाप(ब्याडमिन्टन प्रतियोगिता,घैटो फोड प्रतियोगिता र फुटबल प्रतियोगिता) को आयोजना गरेको नेकपा दाङ ले जनाएको छ।
विभिन्न खेलकुद प्रतियोगिताको उद्घघाटन भोलि बिहान ८ बजे गर्ने र खेलकुद कार्यक्रमहरु सन्चालन हुने नेकपा दाङ ले जनाएको छ। जस अन्तर्गत बिहान ८ बजे ब्याटमेन्टन ,१० बजे घैटो फोड र ११ बजे फुटबल को आयोजना गरेको बताईएको छ ।उक्त कार्यक्रम मा उपस्थितिका लागि सम्पुर्ण पत्रकार ,खेलप्रेमी ,युवा , किसान तथा सम्पुर्णमा अनुरोध गरेको जनपत्रकार संगठन दाङका अध्यक्ष हेमन्तप्रकाश वलि ले जानकारि दिनु भएको छ।

प्रकाशित मिति : २०७८ मङ्सिर ६ गते सोमवार