मङ्सिर ०५।
आज विविध कार्यक्रम आयोजना गरी विश्वभर टेलिभिजन दिवस मनाइँदैछ । सन् १९३० को दशकमा विश्वमा टेलिभिजन स्थापना भएको इतिहास छ ।
संयुक्त राष्ट्रसंघको महासभाले १७ डिसेम्बर १९९६ मा हरेक २१ नोभेम्बरमा विश्वभर टेलिभिजन दिवस मनाउने निर्णय गरेको थियो । त्यसैअनुसार विविध कार्यक्रम गरी आज यो दिवस मनाइँदै छ ।
बिबिसीको नियमित प्रसारण २ नोभेम्बर १९३६ मा सुरु भएको थियो । सन् १९५४ देखि रङ्गीन टेलिभिजनको विकास भयो । सन् १९७० को दशकमा विश्वका ६० मुलुकमा टेलिभिजनको प्रत्यक्ष सेवा विस्तार भएको हो ।
नेपालमा चाहिँ २०४१ साल माघ १७ मा नेपाल टेलिभिजन स्थापना भएको हो । अहिले नेपालमा ४० हाराहारी सङ्ख्यामा टेलिभिजन च्यानल सञ्चालनमा छन् । डेढ दर्जन हाराहारी च्यानल नियमित प्रसारण गर्छन् ।
प्रकाशित मिति : २०७८ मङ्सिर ५ गते आइतवार