
मङ्सिर ०४ ।
नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले माल्दिभ्सको माजिया स्पोर्ट्स एन्ड रिक्रिएसन क्लबबाट खेल्ने भएका छन् । उनले शीर्ष डिभिजन क्लब माजियाबाट खेल्न लागेका हुन् ।
चेम्जोङले शनिबार क्लबसँग एक वर्षको सम्झौता पनि गरेका छन् । उनी शुक्रबार माल्दिभ्स पुगेका थिए । यसअघि उनले माल्दिभ्सकै टिसी स्पोर्ट्सबाट खेलेका थिए । नेपालका सफल गोलरक्षक किरणको कप्तानीमा एक महिनाअघि माल्दिभ्समा भएको साफ च्याम्पियनसिपमा नेपाल पहिलो पटक फाइनल पुगेको थियो ।
प्रकाशित मिति : २०७८ मङ्सिर ४ गते शनिवार