२०८१ चैत्र १ गते आइतवार

पेट्रोलियम पदार्थको मुल्यबृद्धी विरुद्ध ने.क. पा. को मशाल जुलुस प्रदर्सन




कार्तिक २६ ।
नेपाल कम्युनिस्ट पार्टी दाङले पेट्रोलियम पदार्थको मुल्यबृद्धी विरुद्ध मशाल जुलुस प्रदर्शन गरेको छ।
केन्द्रिय कार्यक्रम अनुसार तुलसीपुर उपमहानगरपालिका स्थित बिरेन्द्र चोकमा भव्य मशाल जुलुस प्रदर्शन पछिको कोणसभालाइ सम्बोधन गर्दै नेकपा दाङका कार्यालय सदस्य एवम जिल्ला उत्पादन बिभाग प्रमुख किरणले दलाल सत्ताको उपहार केवल महंगी र मुल्यबृद्धी भएको बताउनु भयो। उहाले पेट्रोलियम पदार्थको मुल्यबृद्धी फिर्ता नभए आफुहरु मशालको मुस्लो बोकेर संसद भवनसम्म छिर्ने चेतावनी दिनुभयो। उहाले कांग्रेस एमाले लगाएतका संसदवादी राजनितिक पार्टीका युवाहरुलाइ आफ्नो सरकारले गरेको गलत कार्यका विरुद्ध लड्ने साहास गर्न जोड दिनु भयो ।
अरनिको मैदान बाट सुरु भएको मशाल जुलुस बिरेन्द्र चोक मा आएर बिरोध सभा मा परिणत भएको थियो । उक्त कार्यक्रम को सन्चालन अध्यक्ष अखिल ट्रेड युनियन क्रान्तिकारी दाङ जिल्ला अध्यक्ष सन्जय ले गर्नु भएको थियो।

नेकपा ले पेट्रोलियम पदार्थ को मुल्य वृद्धि विरुद्ध चरणबद्ध आन्दोलन सहित ३० गते नेपाल बन्द को कार्यक्रम सार्बजनिक गरेको छ।

प्रकाशित मिति : २०७८ कार्तिक २६ गते शुक्रवार