२०८० जेष्ठ १९ गते शुक्रवार

हाइटेक पार्टी’ बन्ने नाममा अनलाइनमा चन्दा उठाउँदै एमाले




कार्तिक २६।
हाई टेक पार्टी’ बन्ने नाममा प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी एमालेले अनलाइनबाटै चन्दा संकलन गर्न सुरु गरेको छ । पार्टीले आसन्न दशौँ राष्ट्रिय महाधिवेशनलाई लक्षित गर्दै चन्दा अभियान थालेको हो ।

एमालेले महाधिवेशनका लागि आम पार्टी कार्यकर्ता तथा पार्टी समर्थक एवम् शुभचिन्तकहरूबाट न्यूनतम सय रुपैयाँभन्दा माथि सहयोग अपिल गरेको छ । चन्दा संकलन गर्न एमालेले क्यूआर कोड सार्वजनिक गरेको छ ।
जसमा स्क्यान गरी मोबाइल बैंकिङ एप तथा ई-सेवामार्फत चन्दा बुझाउन सकिने जनाइएको छ । राजनीतिक पार्टीले अनलाइनमार्फत चन्दा संकलन गर्न थालेको सम्भवतः यो नै पहिलो पटक हो । पार्टीले अनलाइनबाटै पार्टी सदस्यता नवीकरण तथा जारी गर्न हालै मात्र मोबाइल एप समेत प्रयोगमा ल्याएको छ ।

प्रकाशित मिति : २०७८ कार्तिक २६ गते शुक्रवार