२०८१ चैत्र ७ गते शनिवार

प्रधानन्यायाधीश कानुन व्यवसायीको धर्ना छल्दै अर्को गेटबाट सर्वोच्च प्रवेश




२६ कार्तिक ।

गेटमा आन्दोलनरत कानुनव्यवसायीलाई छल्दै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा सर्वोच्च अदालत छिरेका छन् ।महान्यायाधीवक्ता कार्यालय नजिकको गेटबाट राणा शुक्रबार बिहान १०:५० बजे सर्वोच्च परिसरमा प्रवेश गरेका हुन् ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको राजीनामा मागिरहेको कानुन व्यवसायीको छाता संगठन नेपाल बार एसोसिएसनले शुक्रबार बिहान १० बजेदेखि सर्वोच्चको गेटमै धर्ना दिइरहेका छन् ।

प्रधानन्यायाधीश राणालाई रोक्न १ सय बढी कानुन व्यवसायी गेटमा जम्मा भएका थिए । तर धानन्यायाधीश राणा भने चोरबाटो हुँदै अदालत प्रवेश गरेका हुन् ।

प्रकाशित मिति : २०७८ कार्तिक २६ गते शुक्रवार