२०८२ बैशाख ५ गते शनिवार

माओवादी केन्द्रको राष्टिय सम्मेलन काठमाडौँमा हुने




कार्तिक २३ ।
नेकपा(माओवादी केन्द्र)को आगामी राष्ट्रिय सम्मेलन काठमाडौँमा हुने भएको छ । मङ्गलबार बसेको स्थायी कमिटी बैठकले पार्टीको राष्ट्रिय महाधिवेशन काठमाडौँमा गर्ने निर्णय गरेको पार्टी प्रवक्ता कृष्णबहादुर महराले बताए ।
माओवादी केन्द्रले राष्ट्रिय सम्मेलन पुष ११ गतेदेखि १३ गतेसम्म गर्ने निर्णय यसअघि नै गरिसकेको थियो । त्यसैगरी, बैठकले प्रदेश इन्चार्ज र अध्यक्ष तोकेको र प्रदेश पदाधिकारीहरूको सम्बन्धमा भने पार्टीका केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा सम्बन्धित प्रदेशभित्रका केन्द्रीय कमिटी सदस्यहरूसँग परामर्श गरेर टुङ्गो लगाउने निर्णय गरिएको उनले बताए ।

बैठकले पाँच दलीय गठबन्धन समन्वय समितिमा पार्टीको तर्फबाट पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठलाई पठाउने निर्णय भएको पनि प्रवक्ता महराले जानकारी दिए ।

प्रकाशित मिति : २०७८ कार्तिक २३ गते मङ्गलवार