२०८१ बैशाख ७ गते शुक्रवार

बेलायत भ्रमणबाट प्रधानमन्त्री देउवा आज स्वदेश फर्किँदै




कार्तिक १८
प्रधानमन्त्री शेरबहादुर देउवा आज स्वदेश फर्किँदै छन् ।

बेलायतको ग्लास्गोमा भएको संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (कोप–२६) को २६औँ सम्मेलनको वर्ल्ड लिडर समिटमा भाग लिई देउवा बिहीबार स्वदेश फर्कन लागेका हुन् । नोभेम्बर १ र २ मा आयोजित सम्मेलनमा २० सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै देउवा यही कात्तिक १२ गते लण्डन गएका थिए ।
प्रधानमन्त्री नेतृत्वको टोली बुधबरा स्थानीय समय दिउँसो १.५५ बजे इडेनवर्गबाट कतार एयरवेजको उडानबाट दोहा हुँदै बिहीबार बिहान काडमाडौँ पुग्ने तालिका रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादव कोप–२६ मा सहभागी रहेकाले उनी बाहेक भ्रमण टोलीमा रहेकाअन्य सबैजना स्वदेश फर्किन लागेको बताइएको छ ।

प्रकाशित मिति : २०७८ कार्तिक १८ गते बिहिवार