कार्तिक १३
नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वैज्ञानिक समाजवाद उत्कृष्ट प्रणाली हो भन्नू भयो ।
युवा संगठनको चौथो राष्ट्रिय सम्मेलनको घोराहीमा उद्घाटन गर्दै उहाँले अहिलेको संकट कुनै दल वा व्यक्तिका कारणले मात्र नभइ पूँजीवादी संसदीय ब्यवस्थाकै कारणले भएकाले त्यसको विकल्पमा वैज्ञानिक समाजवादी व्यवस्था उत्कृष्ट रहेको र सोको आवश्यक रहेको बताउनुभयो । ‘हामीलाई अन्य पार्टीहरुले चुनाव लड्न नचाहेको युद्ध गर्न खोजेको जस्ता आरोप पनि लगाउनुभएको छ’– उहाँले भन्नुभयो– “हामी पूँजीवादी व्यवस्था कि वैज्ञानिक समाजवादी ब्यवस्था भनेर जनमत संग्रह गरिए चुनाव लड्न तयार छौं जनताहरु यो बिकृत ब्यबस्थाको बिरुद्ध हामी जसरी नि बैज्ञानिक समाजबाद प्रणाली स्थापित गरिछड्ने छौ ।” अहिलेको संकट जनताको संकट नभएर शासकको संकट भएको पनि उहाँले बताउनुभयो । ‘
कार्यक्रम मा सचिवालयद्वय सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’, सन्तोष बुढाले मन्तव्य व्यक्त गर्नु भएको थियो।
युवा संगठनका अध्यक्ष पाटन जंगलीको अध्यक्षतामा भएको कार्यक्रममा संगठनका पूर्वअध्यक्ष उदयबहादुर चलाउने, नेकपा दाङ इञ्चार्ज शितल, अखिल क्रान्तिकारीका अध्यक्ष प्रकाश शाही, महिला संगठन उपाध्यक्ष धिरेन्द्रा उपाध्यायलगायतले बोल्नुभएको थियो । कार्यक्रममा सामना सांस्कृतिक परिवारले सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए।