
कार्तिक ०४।
नेकपा एमालेको स्थायी कमिटी बैठक बिहिबार (आज) बस्दैछ ।
ललितपुरको तुल्सीलाल स्मृति प्रतिष्ठानमा अपरान्ह ३ बजे बैठक बस्ने तय भएको एमालेका कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । एमालेको विधान महाधिवेशनको समीक्षा तथा वडा र स्थानीय तहको अधिवेशनलगायत एजेन्डामा छलफल गर्न स्थायी कमिटी बैठक बोलाइएको हो ।
एमालेले कात्तिक ६ गते देशैभर वडा अधिवेशन गर्ने र कात्तिक ९ गते पालिका अधिवेशन गर्ने बताएको छ। एमालेको राष्ट्रिय महाविधेशन मंसिर १० देखि १३ गतेसम्म हुनेछ। महाधिवेशन कहाँ गर्ने भन्नेबारे समेत छलफल हुने उनले बताए ।
प्रकाशित मिति : २०७८ कार्तिक ४ गते बिहिवार