
कार्तिक १ ।
नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक आगामी सम्मेलनको विषयमा छलफल गरी सकिएको छ ।
सोमबार (आज)पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले आगामी सम्मेलनलाई केन्द्रविन्दुमा राखेर प्रदेश सम्मेलन, स्थानीय सम्मेलन, पार्टी सदस्यता नवीकरण, विभागहरू गठन लगायतका विषयमा छलफल गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।
उनले भने,‘स्थायी कमिटी बैठकमा पार्टीकाबारेमा विभिन्न कुराहरू उठेका थिए । तर आजको बैठकमा ती कुरामा छलफल हुन सकेन् ।
स्थायी कमिटीमा उठेका कुराको निष्कर्ष निकाल्नको (भोलि)मङ्गलबार बिहान ८ बजे फेरि स्थायी कमिटीको बैठक बस्नेछ।
प्रकाशित मिति : २०७८ कार्तिक १ गते सोमवार