२०८० चैत्र १६ गते शुक्रवार

दसैँले एकता र भ्रातृत्वको विकास गर्छ : मुख्यमन्त्री शाही



असोज २९।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बडादसैँ सामाजिक एकता र भ्रातृत्व विस्तारको अवसरका रुपमा रहेको बताएका छन् ।

विजयादशमीका अवसरमा शुभकामना वक्तव्य दिँदै उनले बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषता रहेको नेपाली समाजमा दसैँलगायतक चाडपर्वले सामाजिक सद्भाव, एकता र भ्रातृत्वको विकास गर्न महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताएका हुन् । परम्परागत प्रचलनका नाममा चाडपर्वलाई अर्काको देखासिकीमा भड्किलो र खर्चिलो नबनाई आफ्नो गच्छे र संस्कृतिअनुसार पारिवारिक मिलन, शुभकामना आदानप्रदान र सामाजिक एकता एवं भ्रातृत्व विकासको अवसरका रुपमा मनाउन आग्रह गरिएको मुख्यमन्त्रीद्वारा जारी सन्देशमा उल्लेख छ ।

प्रकाशित मिति : २०७८ असोज २९ गते शुक्रवार