
असोज २७।
साफ च्याम्पियनसिप अन्तर्गत लिग चरणको अन्तिम खेलमा आज नेपालले बंगलादेशसँग खेल्दैछ । माल्दिभ्समा जारी प्रतियोगितामा नेपालले आफ्नो लिग चरणको अन्तिम खेल बेलुका पौने ५ बजे खेल्नेछ ।
लिगचरणको दुई खेलमा जीत र एक खेलमा पराजित भएको नेपालले आजको खेल बराबरीमै रोकिएपछि फाइनल पुग्नेछ । आजको खेल बराबरीमा राेकिए नेपाल पहिलो पटक फाइनलमा पुग्नेछप्रिम्याच कन्फ्रेन्समा बोल्दै सहायक प्रशिक्षक किरण श्रेष्ठले नेपाललाई इतिहास रच्ने मौका र विश्वास रहेको बताएका छन् ।
जारी साफमा नेपालले पहिलाे खेलमा माल्दिभ्सलाई १–० ले हराएको थियो । दाेस्राे खेलमा श्रीलंकामाथि ३–२ को जित निकालेको नेपाल तेस्रो खलमा भारतसँग १–० ले पराजित भएको थियो ।
बंगलादेश पनि नेपाललाई हराएर फाइनल पुग्न चाहन्छ । बंगलादेशले ३ खेलमा ४ अङ्क जोडेको छ । नेपालसँग ६ अङ्क छ ।
प्रकाशित मिति : २०७८ असोज २७ गते बुधवार