२०८० चैत्र १५ गते बिहिवार

दशै कसैलाई खास त कसैलाई आभाष ।



हिन्दु धर्मावलम्बीहरु काे महान चाडकाे रुपमा मनाइने याे दशै कसैलाई खुशी त कसैलाई दुखि।
गाउँ छाेडि सहर पसेका ती पाइलाहरु गाउँ तिर लम्किदै छन् , देश छाेडि विदेशीएका लाखौं नेपालीहरु आफ्नै ठाउँ फर्किदै छन् त्यसैले त दशै खास छ।
सहर देखि गाउँ फर्किदा खेतहरुमा लटरम्म सुन जस्तै देखिने धानका बाला झुलेकाे देख्दा, प्रदेशीहरु वर्षाै पछि घर फर्किदा आमा – बाबाकाे मुहारमा त्याे मुस्कान, त्यसैले त दशै खास छ ।
बाल्यकालकाे त्याे यात्रा बाटाेमा लड्दै रमाउदै पैसा कमाउदै हिडेका ती सम्झना, आज जिम्मेवारी आफ्नै काधमा थपिदा निदार देखि राताे टिका बग्ने दिनमा निदार देखि पसिना खस्दा, दशै त्यसैले त खास छ ।
हरेक खुसि सबै मिलेर साट्न पाउँदा टाडिएका आफन्तहरु मुल घरमा उपस्थित भई आशिर्वाद साटासाट गर्दा, दशै त्यसैले त खास छ।

दशै कसैलाई खुशी त कसैलाई दुखी छाेराे उडेर आउला भने आसमा निलाे आकास धमिलाे भएकाे पत्ताे नपाउदा सम्म घर नफर्कदा त्यस घरमा, दशै आउनुकाे पीडा के हाेला।
हरेक नेपालीहरुकाे निधारमा राताे टीका टल्किदा आफ्नाे निधार रित्तो हुदा, दशै आउनुकाे पीडा के हाेला ।
प्रदेशीएका हरेक साइलाहरु दशै सम्म घर नफर्किदा त्यस घरमा, दशै आउनुकाे पीडा के हाेला ।
दशै सुरु भएदेखि हरेककाे घरमा मिठाे परिकारहरु पाक्दा मेराे घरमा चुलाे न बाेल्दा, दशै आउनुकाे पीडा के हाेला।
धन्यवाद !
-लेख : अंकित खनाल
दशै कसैलाई खास त कसैलाई आभाष ।

प्रकाशित मिति : २०७८ असोज २६ गते मङ्गलवार