
असोज २२।
माओवादी केन्द्र परित्याग गरी एमालेमा प्रवेश गरेका प्रभु साह यतिबेला पार्टीको कुनै गतिविधिमा रहेका छैनन् । एमालेमा रहनका लागि पार्टीमा ८ बुँदे शर्त राखेर भूमिका विहीन बनेका साह अध्यक्ष केपी शर्मा ओलीसँग निर्णायक छलफलका लागि शुक्रबार बालकोट पुगेका छन् ।
साहलाई माओवादी केन्द्रमै फर्काउनका लागि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहल गरिरहेको बेला उनी एमालेमै रहन विकल्पको खेजीमा बालकोट पुगेको बताइएको छ । अहिले बालकोटमा उपमहासचिव बिष्णु पौडेल तथा शंकर पोखरेल,टोपबहादुर रायमाझी,लेखराज भट्ट लगायतका नेताहरुले साहसँग छलफल गरिरहेको बालकोट स्रोतले बताएको छ ।
एमाले नेकपा कै निरन्तरता भनेर पार्टी विधान महाधिवेशनको दस्तावेजमा नै उल्लेख भइसकेको अवस्थामा नेता साहको अधिकांश मागहरु पुरा भइसकेको एमालेको दाबी छ । त्यसैगरी साहलाई पार्टीमा फर्केर क्रियाशील हुन नेताहरुले आग्रह गरिरहेका छन् ।