
असोज २२।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेको ३ महिनापछि आज शुक्रबार मन्त्रिपरिषदले पूर्णता पाउने भएको छ।
सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच बिहीबार मन्त्रालय भागबन्डामा कुरा मिलेपछि आज प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तार गर्ने भएका हुन्।
थपिएका मन्त्रीहरूले आज शपथ खाँदै छन्। बिहीबारको सहमतिबमोजिम आज ११ बजे मन्त्रिपरिषद् विस्तार गरिने र अपराह्न ४ बजे शपथ समाराेह हुने भएको बालुवाटार स्रोतले जनाएको छ।
सहमतिअनुसार कांग्रेसले प्रधानमन्त्रीसहित ९, माओवादी केन्द्रले ५, जसपा र एकीकृत समाजवादीले ४–४ मन्त्रालय पाएका छन्। साथै माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाले एक/एक जना राज्यमन्त्री पनि पाएका छन्।
प्रकाशित मिति : २०७८ असोज २२ गते शुक्रवार