२०८० चैत्र १६ गते शुक्रवार

प्रदेश १ र बागमतीको मुख्यमन्त्री एकीकृत समाजवादीले पाउने



सत्तारूढ गठबन्धनका दलहरूबीच नेकपा एकीकृत समाजवादी पार्टीलाई प्रदेश १ र बागमतीको मुख्यमन्त्री दिने सहमति भएको छ । बिहीबार बालुवाटारमा बसेको सत्ता गठबन्धन दलका शीर्ष नेताको बैठकले यस्तो निर्णय गरेको हो ।

सङ्घीय मन्त्रालय बाँडफाँटमा धेरै ढिलाइ भएको भन्दै यसअघि बनेको सहमति कायम राख्दै नेकपा समाजवादीलाई दुईवटा मुख्यमन्त्री दिएर मनाउने सहमति भएको हो । नेकपा एसलाई मनाउन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रस्तावमा गठबन्धनका दल सो पार्टीलाई बागमती र प्रदेश १ को मुख्यमन्त्री दिन सहमत भएका हुन् ।अब प्रदेश १ मा राजेन्द्रकुमार राई र बागमतीमा राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्नेछन् ।

प्रकाशित मिति : २०७८ असोज २२ गते शुक्रवार