२०८२ बैशाख ५ गते शनिवार

प्रदेश २ का मुख्यमन्त्रीले पाए विश्वासको मत



प्रदेश २ सरकारका मुख्यमन्त्री लालबाबु राउतले विश्वासको मत लिएका छन्।
प्रदेश सभा बैठकमा मुख्यमन्त्री राउतले राखेको विश्वासको मत लिने प्रस्तावमा जनता समाजवादी पार्टी, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका सांसदले मत दिएका छन्।

प्रदेश सभामा उपस्थिति १ सय जना सांसद मध्ये मुख्यमन्त्री राउतको पक्षमा ७७ मत परेको छ। विपक्षमा लोकतान्त्रिक समाजवादी पार्टी र नेकपा एमालेका २३ जना सांसदको मत परेको छ।

प्रकाशित मिति : २०७८ असोज २० गते बुधवार