
असोज १०
राष्ट्रिय स्वाधिनता ,सिमा अतिक्रमणको विरोध , भ्रष्टचार विसंगति र एमसीसीको विरोधमा आज राष्ट्रिय जनमोर्चा नेपाल दाङ ले घोराहीमा विरोध कार्यक्रम सम्पन्न गरेको छ।
राष्ट्रिय जनमोर्चा नेपाल दाङका अध्यक्ष गणेश आचार्यको अध्यक्षतामा एवं राष्ट्रिय जनमोर्चा नेपालका कार्यकारीणी अध्यक्ष रश्मिराज नेपाली को प्रमुख आतिथ्यतामा विरोध सभा सम्पन्न भएको छ।
उक्त विरोध सभालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि नेपालीले देशमा संघीयता पश्चिमी मुलुकहरूको स्वार्थमा बाझिएको कारणले गर्दा यसको खारेजीको माग गर्नुभएको थियो। साथै पछिल्लो चरणमा देखापरेको नेपालको सिमा अतिक्रमण र दार्चुलामा भएको तुइन प्रकरणमा सरकार मुकदर्शक बनेको बताउनुभएको थियो।
उक्त कार्यक्रममा अखिल नेपाल महिला संघको दाङ सावित्री थापा लगायतकाले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण राष्ट्रिय जनमोर्चा नेपाल दाङ का सचिव बसन्त राज पौडेलले गर्नुभएको थियो।