

असोज १० धन भएर मात्र हुदैन फराकिलो मन भयो भने धन त आफै जम्मा हुन्छ भन्ने कुरा लाई दुई युबाहरु ले प्रमाणित गरेका छन। तुल्सिपुर ९ बेलुवा बस्ने याम बहादुर बि क र तुल्सिपुर ८ अश्वारा बस्ने युबाहरु ले आज तुल्सिपुर ३ रानागाउ का दुई बिपन्न परिवार मा खाद्यान्न सहयोग गर्नु भएको छ।

तुल्सिपुर उपमहानगरपालिका ३ रानागाउका बर्ष ५० का अपांग टेक बहादुर बि,क र सोही स्थानकि दुई छाेरा गुमाएकि ७५ बर्षिय मिना घर्ती लाई १२ बोरा चामल ,नुन तेल आज एक कार्यक्रम का बिच घरमै गइ सहयोग प्रदान गरिएको छ। उक्त सहयोग कार्यक्रममा बोल्दै दाता यामबहादुर बि क ले समाज मा रहेका बिपन्न बर्ग लाई सहयोग गर्न पाउँदा आफू मा खुसी मिल्ने र थप सहयोग को लागि प्रेरण मिल्ने बताउनु भयो। https://youtu.be/9gH_XULORsg

अर्का सहयोग गर्ने श्रीधर साहु ले समाज मा कोहि पनि गाँस बास बाट बन्चित हुन नपरोस भनी आफू ले सकेको सहयोग गरेको बताउनु भयो। त्यस्तै आफुहरु लाई सहयोग गर्ने मनकारी दाताहरु लाइ टेक बहादुर बि क ले धन्यवाद दिनुभयो।