२०८० मङ्सिर २५ गते सोमवार

नेपाली काँग्रेस त्रिवेणी गाउँपालिका कार्यसमितिको सभापति पदमा युवा नेता दुर्योधन राणा मगरले उम्मेदवारी घोषणा-राप्ती सञ्चार



अमृत वलि
रोल्पा ।
नेपाली काँग्रेस त्रिवेणी गाउँपालिका कार्यसमितिको सभापति पदमा युवा नेता दुर्योधन राणा मगरले उम्मेदवारी घोषणा गर्नुभएको छ ।

नेपाल विद्यार्थी संघबाट राजनैतिक यात्रा सुरु गर्नुभएका राणा प्रखर वक्ता समेत हुनुहून्छ । त्रिवेणी गाउँपालिका ५ जुगार निवासी राणा निरन्तर रुपमा काँग्रेसको राजनीतिमा सक्रिय हुनुहुन्छ । व्यावसायिक क्षेत्रमा आबद्ध रहनुभएका राणा युवा माँझ लोकप्रिय समेत हुनुहुन्छ ।
काँग्रेसलाई बलियो र संस्थागत रुपबाट सञ्चालन गर्न युवाको नेतृत्व आवश्यक भएको बताउनुभयो ।
निष्ठा र इमानको राजनीतिलाई जोगाउन आफूले सभापति पदका लागि उम्मेदवारी घोषणा गरेको राणाले बताउनुभयो । काँग्रेस भित्र पछिल्लो समय विकृति र विसंगतिले प्रशय पाएको बताउँदै राणाले भन्नुभयो ‘काँग्रेसप्रति जनताको विश्वास गुम्न नदिन, पार्टीप्रति युवाको आकर्षण बढाउने गरी बलियो र संस्थागत रुपमाबाट पार्टी सञ्चालन गर्न आफूनो समुह नेतृत्वका लागि आघि सरेको बताउनुभएको छ । साथै सातै वटा वडाका प्रतिनिधिहरुलाइ आफुलाई बिजयी बनाउन सहयोग गर्न समेत राणाले आग्रह गर्नुभएको छ ।।

प्रकाशित मिति : २०७८ असोज ७ गते बिहिवार