२०८२ बैशाख ५ गते शनिवार

नारायण खड्का परराष्ट्रमन्त्री बन्दै



असोज ०५।
प्रधानमन्त्री शेरबहादुर देउवाले नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने भएका छन् । संयुक्त राष्ट्रसंघको महासभामा नेपाली टोलीको नेतृत्व गर्दै जानुपर्ने भएपछि देउवाले परराष्ट्रमन्त्री नियुक्त गर्न लागेका हुन् ।
खड्कालाई बुधबार बिहान नियुक्त गरिने स्रोतले जनाएको छ । मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद्को बैठकले परराष्ट्रमन्त्रीले नेपाली टोलीको नेतृत्व गर्दै महासभामा जाने निर्णय गरेको थियो ।
उदयपुर १ बाट निर्वाचित भएका ७२ वर्षे खड्का कांग्रेसका केन्द्रीय सदस्य हुन् । अर्थशास्त्रमा विद्यावारिधी गरेका खड्का यसअघि सहरी विकासमन्त्री बनेका थिए ।

सत्तारुढ गठबन्धनको बीचमा सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम पठाउन नसक्दा सरकार विस्तारमा समस्या आएको छ जसको कारण देउवा सरकार आलोचित बनेको छ।

प्रकाशित मिति : २०७८ असोज ५ गते मङ्गलवार