
असाेज ०५ अभिनेता अक्षय कुमार स्टारर फिल्म ‘बेल बटम’ ले सुरुवाती दिनमा बक्सअफिसमा अपेक्षाकृत व्यापार गर्न सकेको थिएन । तर, रिलिजको एक महिना पूरा हुँदै गर्दा फिल्मले ठूलो रेकर्ड आफ्नो नाम गरेको छ । कोभिडपछि सिनेमा हलमा प्रदर्शन भएका फिल्ममध्ये स्वदेश (भारत) मा सर्वाधिक कमाई गर्ने फिल्मको रेकर्ड ‘बेल बटम’ ले बनाएको हो ।
चार दिने विकेन्डमा १३ करोड २५ लाख कमाएको फिल्मले प्रदर्शनको एक महिनामा घरेलु बक्सअफिसमा ३० करोड छापेको छ । त्यस्तै, विदेशमा फिल्मले २० करोड कमाई गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् । देश र विदेशको कमाई छाड्ने हो भने फिल्मले प्रदर्शनको एक महिनामा ५० करोड कमाउन सफल भएको छ । ४५ करोडमा बनेको फिल्मले लगानी उठाएको छ ।
यो फिल्मको छायांकन कोरोना महामारीको समयमा भएको थियो । अब ओटीटी प्लेटफर्म अमेजन प्राइम भिडियोमा रिलिज हुन लागेको फिल्मलाई रञ्जीत एम ट निर्देशन गरेका हुन् । फिल्ममा अक्षयका अलावा वाणी कपूर, हुमा कुरैशी, आदिल हुसेन र लारा दत्ताको पनि अभिनय रहेको छ । फिल्ममा लाराले भारतकी पूर्व प्रधानमन्त्री इन्दिरा गान्धीको भूमिका निर्वाह गरेकी छन् ।