२०८० चैत्र १६ गते शुक्रवार

धुलिखेल अस्पतालमा ८ बालबालिकाको निधन पछि स्वास्थ्यकर्मी चिन्तित



असाेज ०१ राप्ती सञ्चार ”  बालबालिका प्रभावित भएको घटनाले स्वास्थ्यकर्मीलाई चिन्ता थपेको छ । सरोकारवालाले पनि सचेत रहन आग्रह गरेका छन् । धुलिखेल अस्पतालमा मात्र स्क्रबटाइफसका कारण ८ बालबालिकाको निधन भएको छ । यो संखया डेड महिनाको हो । अगस्ट ८ देखि सेप्टेम्बर १२ सम्म भर्ना भएका २२ बालबालिकामध्ये ८ जनाको निधन भएको अस्पतालले जनाएको छ । जसमा ६ बालिका र २ बालक छन् ।

१४ वर्ष भन्दा कम उमेर भएका बालबालिकाको निधन भएको हो । अस्पताल पुगेकाहरुमा ४० प्रतिशत बालबालिकाको निधन हुने गरेको धुलिखेल अस्पतालमा कार्यरत बाल रोग विशेषज्ञ डा। सिर्जना डंगोलले जानकारी दिएकी छन् । एक साता भित्रै २ बालबालिकाको निधन भएको थियो । समयमै अस्पताल नलगेका कारण पनि निधन हुने गरेको छ ।

धुलिखेल अस्पतालमा विभिन्न स्थानबाट आएका बिरामीमध्ये डेड महिनाको अवधिमा ३४ जना संक्रमित भएका छन् । जसमा ९ पुरुष र २५ महिला छन् । १६ वर्षमुनिका ६ बालक र ६ बालिका रहेका छन् भने ३ पुरुष र १९ महिला १७ वर्ष उमेर समूहभन्दा माथिका छन् ।

अघिल्लो वर्षको तुलनामा यो वर्ष स्क्रबटाइफसका कारण निधन हुने संख्या बढेको डा। डंगोलले बताउनुभयो । अघिल्लो वर्ष जुलाईमा ८ जना, अगस्टमा २१ जना, सेप्टेम्बरमा ८, अक्टोबरमा २, नोभेम्बरमा २ जना स्क्रबटाइफसबाट संक्रमति भएको भए पनि निधन हुनेको संख्या न्युन थियो ।

प्रकाशित मिति : २०७८ असोज १ गते शुक्रवार