२०७९ चैत्र १७ गते शुक्रवार

त्रिभुवन विमानस्थलबाट सवा दुई करोडको सुनका गहनासहित दुई जना पक्राउ



भाद्र ३०।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सवा दुई करोड बढीका सुनका गरगहनासहित दुई जना पक्राउ परेका छन् । सोमबार काठमाडौँबाट श्री एयरलाइन्समा विराटनगर जान लागेका दुई जनालाई तीन किलो तीन सय ३० ग्राम सुनका गरगहनासहित प्रहरीले नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा कैलालीका ३० वर्षीय बोधराज भण्डारी र धनुषाका ४७ वर्षीय मुरारीराज अधिकारी रहेका छन् । उनीहरूको झोला एक्सरे मेसिनमा देखिएपछि प्रहरीले नियन्त्रणमा लिएको त्रिभुवन विमानस्थल सुरक्षा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बास्तोलाले जानकारी दिए ।

उक्त सुन दुई करोड २४ लाख ९२ हजार ३९७ रुपैयाँ बराबरको रहेको छ सुनसहित पक्राउ परेकाहरूलाई थप अनुसन्धानको लागि राजश्‍व अनुसन्धान विभाग पठाइएको छ ।

प्रकाशित मिति : २०७८ भाद्र ३० गते बुधवार