२०८० जेष्ठ १८ गते बिहिवार

भोलि सार्वजनिक हुने भयो टेलिकमको ‘नमस्ते पे’



भाद्र २८
नेपाल टेलिकमको मुख्य लगानी रहेको नेपाल डिजिटल पेमेन्ट कम्पनीले भोलिदेखि आफ्नो अनलाइन भुक्तानी सेवा सुरु गर्ने भएको छ । कम्पनीले आवश्यक तयारी पुरा गर्दै ‘नमस्ते पे’ को सेवा सञ्चालनमा ल्याउन लागेको हो ।

त्यसो त कम्पनीले यसअघि समेत भुक्तानी सेवा सार्वजनिक गर्ने मिति तय गरेको थियो । तर आवश्यक तयारी पुरा नहुँदा केही ढिलो गरी सेवा सञ्चालनमा आउन लागेको हो ।
नमस्ते पे एप केही महिनादेखि आन्तरिक परीक्षणमा रहेको थियो । नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लिराम अधिकारीले ट्वीटरमार्फत नमस्ते पे भोलि मङ्गलबारदेखि सञ्चालनमा आउन लागेको जानकारी दिएका छन्।

प्रकाशित मिति : २०७८ भाद्र २८ गते सोमवार