२०८२ बैशाख ५ गते शनिवार

जारी गर्‍यो काङ्ग्रेसले ह्वीप



भाद्र २२।
संसद्‍का बैठकमा अनिवार्य उपस्थितिका लागि सत्तारुढ कांग्रेसले सांसदहरुलाई ह्वीव जारी गरेको छ ।

बुधबारबाट सुरु हुने प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठकमा अनिवार्य उपस्थित हुनका लागि सांसदहरुका नाममा ह्वीप जारी गरिएको हो । संसदीय दलको मंगलबार नयाँ बानेश्वरमा बसेको बैठकपछि कांग्रेस सचेतक पुष्पा भुसालले भनिन्- ‘सबै माननीयहरुलाई अनिवार्य उपस्थित हुन सूचित गरिएको छ । ह्वीप जारी गरिएको छ ।’

संघीय संसद्‌का दुवै सदनको बैठक बुधबार ४ बजेका लागि आह्वान गरिएको छ । कांग्रेस संसदीय दलको बैठकले आगामी अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने बारेमा छलफल गरेको सचेत भुसालले बताइन् ।
एमसीसी, अध्यादेशहरु, विधेयकहरु, सरकारका कामकारबाही र मन्त्रिपरिषद्‌ले पूर्णता पाउने विषयका साथै भारतीय एसएसबीले तुइन चुँडालेर महाकालीमा बेपत्ता भएका दार्चुलाका जयसिंह धामीको विषयमा दलको बैठकमा छलफल भएको थियो ।

प्रकाशित मिति : २०७८ भाद्र २२ गते मङ्गलवार