२०८२ बैशाख ५ गते शनिवार

वाईसीएलको संयोजकमा देवकोटा



काठमाडाैं भाद्र २२।

योङ कम्युनिष्ट लीग नेपाल (वाईसीएल)को पहिलो केन्द्रीय समिति बैठकले संयोजक र सह-संयोजक तोकेको छ । राष्ट्रिय भेलाले पदाधिकारी चयन गर्न नसकेपछि केन्द्रीय समिति बैठकबाट नेतृत्व टुंग्याउने जनाइएको थियो । आज राजधानीको गाैशालास्थिति अनुपम पार्टी प्यालेसमा बसेको केन्द्रीय समिति बैठकले संयोजकमा सुमन देवकोटा ‘अब्दुल’ र सह-संयोजकमा सुबोधराज सेर्पालीलाई जिम्मेवारी दिएको हो । वाईसीएल नेपालका पहिलेका परम्परालाई तोड्दै यो पटक जिम्मेवारी दिने विषयमा नयाँ अभ्यास थालिएको हो ।

भेलाले पदाधिकारी टुंग्याउने तयारी अन्तिम चरनमा पुगेपनि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको ठाडो हस्तक्षेपमा यस्तो भएको स्रोतले जनाएको छ । स्रोतका अनुसार सुमन प्रचण्डको गृह जिल्लाका हुन्।

प्रकाशित मिति : २०७८ भाद्र २२ गते मङ्गलवार