२०८० फाल्गुन ९ गते बुधवार

इन्टरनेट सेवाप्रदायक सिजी नेटले ल्यायो तीज अफर



भाद्र १६
बजारमा ईन्टरनेट सेवा प्रवाह गर्ने थुप्रै कम्पनी को भिड मा इन्टरनेट सेवाको बजारमा आक्रमक योजनासहित आएको सिजी नेटले नयाँ अफर ल्याएको छ ।

महिलाहरुको महान पर्व हरितालिका तीजलाई लक्षित गर्दै कम्पनीले ‘सिजी नेट तीजको अफर, आयो बरी लै लै’ नामक अफर घोषणा गरेको हो
यो अफर आज बुधबारदेखि भदौ ३० गतेसम्म चल्नेछ । अफरमा सहभागी हुन ६ महिना वा १२ महिनाको इन्टरनेट प्लान सब्सक्राइब गर्नुपर्ने हुन्छ ।

उक्त अफर सब्सक्राइब गरेबापत लक्की ड्रबाट दैनिक दुई वटा घरायसी सामाग्री पुरस्कार प्राप्त गर्न सक्नेछन् भने अफरको अन्तिम दिन एक जनालाई बम्पर लक्की ड्रका साथै ९ जनालाई थप पुरस्कार प्रदान गरिने छ ।

सब्सक्राइब गरिएको प्लान महिलाको नाममा हुनुपर्ने हुन्छ । उक्त अफर सिजी नेटको कभरेज भएका स्थानमा मात्र उपलब्ध हुनेछ ।

सिजी नेटले आफ्नो विस्तार जावलाखेल, कुपण्डोल, कुलेश्वर, कालीमाटी, सतुंगल, बल्खु, छाउनी, कलंकीमा गरिसकेको छ । अब थप स्थानमा पनि चाँडै नै विस्तार गर्ने कम्पनीले जनाएको छ ।

चौधरी ग्रुप अन्तर्गतकाे सिजी कम्युनिकेशन्स लिमिटेडले सिजी नेटको सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित मिति : २०७८ भाद्र १६ गते बुधवार