२०८१ बैशाख ७ गते शुक्रवार

ने क पा को तेस्रो तुल्सिपुर नगरभेला सम्पन्न



दाङ भाद्र १२
नेपाल कम्युनिस्ट पार्टी को तेस्रो पुर्ण नगर बैठक आज तुल्सिपुर मा सम्पन्न भएको छ।
ने क पा तुल्सिपुरका नगर इन्चार्ज बिकास को अध्यक्षता एबम ने क पा दाङ जिल्ला सेक्रेटरी प्रदिप वलि र बेपत्ता परिवार का केन्द्रिय अध्यक्ष सुन्दर को विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रम मा प्रशिक्षणात्मक मन्तव्य दिदै “सुन्दर”ले समाज रूपान्तरण गर्नको लागि क्रान्ति अनिवार्य रहेको छ त्यसको लागि संगठणात्मक रुप मा सुदृढ हुनु पर्ने बताउनु भयो । उहाँले बैज्ञानिक समाजबादका निम्ति पार्टी ले सन्चालन गरेको अभियानमा सक्रिय रूपमा सहभागी भइ पार्टी लाई जनताको मन मा बसाउनु पर्ने जिकिर गर्नु भयो ।
अर्का बक्ता ने क पा दाङ जिल्ला सेक्रेटरी प्रदिप ले पार्टी ले लिएको कार्यदिशा लाई जनस्तरमा पुराउन को लागि सुदृढ ढंगबाट संगठन बिस्तार गर्नु पर्ने बताउनु भयो।दलाल पुजीवादी समसदिय ब्यबस्था लाई बिस्थापित गर्न को लागि जनताको साथ बाट जनसत्ता स्थापित गर्नसकिने बताउनु भयो । उहाँ ले जनस्तर मा पार्टी सुदृढीकरण गर्न को लागि एक सुदृढ संगठन र एक नमुना गाउँ को अभियान लिएर जानू पर्ने बताउनु भयो।
उक्त कार्यक्रममा तुल्सिपुर उपमहानगरपालिका का १९ वटा वार्ड सेक्रेटरीहरु ले वार्डको सम्पुर्ण बस्तु स्तिथी साथै वार्ड को राजनैतिक ,साङठनिक तथा आर्थिक प्रतिबेदन पेश गरेका थिए ।उपस्थिति सबै मा स्कुलिङ बिभाग दाङ का सदस्य मदन आचार्य ,कर्मचारी संगठन का केन्द्रिय सदस्य नरबहादुर उक्त कार्यक्रम को सहजीकरण नगर इन्चार्ज बिकास ले गर्नु भएको थियो।

प्रकाशित मिति : २०७८ भाद्र १२ गते शनिवार