२०८१ बैशाख ७ गते शुक्रवार

डाक्टरलाई कालोमोसो दल्ने परियार र क्षेत्रीलाई एमालेद्वारा साधारण सदस्य नरहने गरि कारवाही



तुलसीपुर, ११ भदौ ।

नेकपा एमाले दाङले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका निमित्त मेडिकल सुपरिटेन्डेन्ड डा. विनोद सिंहमाथि कालो मासो दल्ने दुईजनालाई साधारण सदस्य समेत नरहने गरि कारवाही गरेको छ । आज दिउसो पौने २ बजेतिर डा. सिंह माथि कालोमासो दल्ने एमाले निकट अनेरास्ववियुका जिल्ला संयोजक सर्जन परियार र सहसंयोजक दिवस क्षेत्रीलाई कारवाही गरिएको हो ।

एमाले दाङका अध्यक्ष हुकुमबहादुर बस्नेत र सचिब मनोहर बुढाथोकीले एक विज्ञप्ति जारी गरि डा. सिंह माथि दुव्र्यबहार गर्ने कालोमोसो दल्ने र कानुन हातमा लिने गरेका कार्यप्रति निन्दा समेत गरेका छन् । साथै कानुन वमोजिम कारवाहीको माग समेत गरेका छन् ।

संयोजक परियारकी श्रीमतीलाई टाईफाईडको उपचारकालागि विहीबार प्रादेशिक अस्पतालमा लगिएको र अस्पतालमा कल्चर चेकजाँचको सेवा नभएपछि मेसु सिंहसंग विवाद सिर्जना भएको थियो । त्यसपछि आज ४÷५ जना युवाहरुले कार्यकक्षमै आएर मोसो दलेर भागेका थिए । डा.सिंहले अस्पतालमा कल्चर सेवा नै नभएकाले त्यो सेवा प्रदान गर्न नसकिने बताएका थिए ।

प्रकाशित मिति : २०७८ भाद्र ११ गते शुक्रवार