
दाङ भाद्र ११
नेपाल कम्युनिस्ट पार्टी को तुल्सिपुर वार्ड न ७ को वार्ड कमिटी गठन गरिएको छ।
वार्ड न ७ का सेक्रेटरी आबेग को अध्यक्षता एबम ने क पा केन्द्रिय सदस्य साथै दाङ जिल्ला इन्चार्ज सितल को प्रमुख आतिथ्यतामा भेला भएको हो।
भेला लाई सम्बोधन गर्दै प्रमुख अतिथि सितल ले बैज्ञानिक समाजबाद को विकल्प नभएको बताउनु भयो। उहाले कुनै पनि प्रणाली त्यसैनआउने त्यस्को लागी जनताले बल प्रयोग गर्नै पर्ने र सोको लागि जनता तयार हुनुपर्ने जिकिर गर्नु भयो।
भेलालाई तुल्सिपुर नगर इन्चार्ज बिकास ,स्कुलिङ बिभाग दाङ का प्रमुख रुद्र ,जिल्ला सदस्य राजकुमार ,वार्ड न ७ का इन्चार्ज एबम जिल्ला सदस्य बासु ले मन्तव्य व्यक्त गर्नु भयो।
भेला ले १३ सदस्यीय वार्ड कमिटी गठन गरेको छ।जसमा कबिराज खड्का ,सशिराम खत्री ,गोबिन्द बुढा,बुद्धिराम बस्नेत ,नारायण पौडेल ,रमा स्वोर्णकार,द्रोपता वली,भक्तिराम भन्डारी,कालिराम चौधरी ,ओबिराम वली,कृष्ण भुसाल र झक्कु वलि रहनु भएको छ।
उक्त भेला ले पार्टी को संगठन बिस्तार गर्ने ,पार्टी को अभियान लाई प्रभाबकारी रुप मा सहयोग गर्ने निर्णय गरेको छ। कार्यक्रम को सहजीकरण वार्ड सेक्रेटरी आबेग ले गर्नु भएको थियो।