
दाङ-
कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी क्षेत्र बाहेक देशका अन्य क्षेत्रमा लगातार झरी परिरहेको छ ।वाग्मती, लुम्बिनी, गण्डकी, प्रदेश-१ र प्रदेश-२ का धेरै ठाउँमा अति ठूलो वर्षा भएको छ। अहिले पनि देशका धेरै ठाउँमा झरी परिरहेको छ । लगातारको झरीले देशका विभिन्न नदी तथा खोलामा बाढी आएको छ भने पहाडी क्षेत्रमा पहिरो जान थालेको छ ।
गएको २४ घण्टामा लुम्बिनी प्रदेशको रुपन्देही, नवलपुर र भैरहवामा अति ठूलो वर्षा मापन भएको छ । नवलपुरमा सबैभन्दा धेरै ४ सय २३ मिलिमिटर वर्षा मापन भएको छ । नवलपुर आसपासका क्षेत्रमा पनि अति ठूलो वर्षा भएको छ । त्यस आसपासमा दुई सय ५ मिलिमिटर वर्षा मापन भएको छ ।
यस्तै, रुपन्देहीमा एक सय ८६ मिलिमिटर, भैरहवामा २ सय ५८ मिलिमिटर र कपिलवस्तुको बाणगङ्गामा ३ सय ११ मिलिमिटर वर्षा भएको छ । बाणगङ्गा आसपासमा पनि बितेको २४ घण्टामा अति ठूलो वर्षा भएको मौसमविद् मिनकुमार अर्यालले जानकारी दिनुभयो । यस्तै बर्दियामा पनि १ सय ६ मिलिमिटर पानी परेको छ।
अहिले दाङ मा भारी बर्षात भइरहेको छ। आगामी तीन दिन देश भरी भारी बर्षा हुने भएकालेे तटीय क्षेत्रका नागरिकहरु लाई सतर्क रहन जल तथा मौसम अनुमान शाखा ले जनाएको छ।