२०८० चैत्र १६ गते शुक्रवार

युबालाई नेतृत्वमा लिने हो : नेपाल



भाद्र १०
नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफूले आजीवन राजनीति नगर्ने बताएका छन् । नयाँ दल गठनपछि पहिलो पटक पत्रकार सम्मेलन गरेका नेपालले युवा पुस्तालाई अघि सार्नेमा आफू दृढ रहेको बताएका हुन् ।

‘एउटा कुरा म स्पष्ट रुपमा भन्न चाहन्छु । माधव नेपाल आजीवन राजनीति गर्दैन । मैले अहिले नै भनेको थिएँ । केपी ओलीलाई विदा गरेर युवा पुस्ताले नेतृत्व गर्नुपर्छ । गरे भयो,’ उनले भने, ‘तर, यहाँ हामी युवालाई अघि बढाउँछौँ । आउने पाँच वर्षसम्म मात्रै राजनीति गर्छु । आजीवन बुढो हुँदा, लौरो टेक्ने अवस्थासम्म राजनीति गर्ने मेरो चाहना छैन उन ले भने।

प्रकाशित मिति : २०७८ भाद्र १० गते बिहिवार