२०८२ बैशाख ४ गते शुक्रवार

बार्यन द्वारा ब्रेमेर माथि १२ गोलको बर्षा



बायर्न म्युनिखले तल्लो श्रेणीको ब्रेमेर एसभीमाथि सानदार जित निकालेको छ । गएराति भएको खेलमा म्युनिखले एसभीमाथि १२-० गोल अन्तरले पराजित गरेको हो ।

म्युनिखलाई सानदार जित दिलाउनको लागि इरिक म्याक्सिम चुपो मोटिङले चार गोल गरे । उनले खेलको आठौं, २८ औं, ३५ औं र ८२ औं मिनेटमा गोलगरे ।

त्यस्तै म्युनिखको लागि जमाल मुसिएलाले २ तथा मालिक टिलमान, लिरोए साने, मिचेल कुइसेन्स, बोउना सार र कोरेन्टिन टोलीले समान एक एक गोल गरे भने एक गोल उपहार पाएको थियो । गोलको वर्षा भएको खेलमा बायर्नले पहिलो हाफमा ५ गोल गर्दा दोस्रो हाफमा ७ गोल थपेको थियो ।

जमाल मुसिएलाले १६ औं र ४८ औं मिनेटमा गोल गरे । त्यस्तै टिलमानले ४७ औं, साने ६५ औं, कुइसेन्स ८० औं, सारले ८६ औं र कोरेन्टिन ८० औं मिनेटमा गोल गरेका थिए ।

प्रकाशित मिति : २०७८ भाद्र १० गते बिहिवार