२०८२ बैशाख ४ गते शुक्रवार

अखिल क्रान्तिकारी को प्रथम नगर भेला सम्म्पन्न : अमर बि क को अध्यक्षतामा ३५ सदस्यीय नगरकमिटी गठन



तुल्सिपुर भाद्र ९।
अखिल(क्रान्तिकारी) को तुल्सिपुर उपमहानगरपालिकाको प्रथम नगर सम्मेलन सम्पन्न भएको छ ।
(क्रान्तिकारी) तुल्सिपुर नगर कमिटिका संयोजक अमर बिकको अध्यक्षता एबम नेकपा माओबादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सचिवालय सदस्य भिम बहादुर ओलिको प्रमुख आतिथ्यता र लुम्बिनी प्रदेश कमिटी सदस्य रामबहादुर दहित अन्जान , नेकपा माओबादी केन्द्र तुल्सिपुर नगर कमिटी अध्यक्ष खुसिराम चौधरीको विशिष्ट आतिथ्यमा सम्मेलन सम्पन्न भएको हो ।
सम्मेलनले अमर बिकको अध्यक्षतामा ३५ सदस्यीय नगर कमिटी चयन गरेको छ । जसको उपाध्यक्षहरुमा सृजना ओलि र हिमाल ओलि , सचिब अमृत आचार्य , सह सचिब मधुसुदन दाहाल र देबेन्द्र रिजाल र कोषाध्यक्षमा सुसान्क बस्नेत रहनु भएको छ ।
हिमाल ओलिको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रममा विभिन्न ब्यक्तीहरु ले प्रशिक्षणात्मक मन्तब्य राख्नु भएको थियो भने कार्यक्रमको सहजीकरण मिसन सुनारले गर्नु भएको थियो ।

प्रकाशित मिति : २०७८ भाद्र ९ गते बुधवार