
भाद्र ९।
माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र महन्थ ठाकुर नेतृत्वको समाजवादी लोकतान्त्रिक पार्टीको सनाखत आज हुने भएको छ । नेकपा एमाले र जसपा विभाजनपश्चात् नयाँ दल दर्ताका लागि निवेशन दिएका दुई दललाई निर्वाचन आयोगले आज सनाखतका लागि बोलाएको हो ।
सनाखतका लागि नेताहरू सशरीर भौतिकरूपमा आयोगमा उपस्थित हुनुपर्ने आयोगले जनाएको छ । सनाखतका लागि एकीकृत समाजवादीका नेताहरूले आज बिहान साढे ११ देखि दिउँसो २ बजेभित्र आयोगमा उपस्थित हुनुपर्ने छ । नेपाल आफू पक्षीय नेताहरूसहित सोमबारदेखिनै चन्द्रागिरी रिसोर्टमा बसेका छन् । उनीहरू चन्द्रगिरिबाट सिधैँ आयोग जानेछन् ।
प्रधानमन्त्री शेरबहादुर देउवा सरकारले संसदीय दल र केन्द्रीय समितिमा २० प्रतिशतको समर्थनमा दल विभाजन हुनसक्ने अध्यादेश जारी गरेसँगै यी दुवै दलले औपचारिकरूपमा विभाजित भई नयाँ दल दर्ताका लागि आवेदन दिएका थिए।