२०८१ माघ ५ गते आइतवार

माओवादी प्रवक्तामा कृष्णबहादुर महरा, अरू कसलाई कुन जिम्मेवारी ?



दाङ भाद्र ९।

नेकपा माओवादी केन्द्रका नेता कृष्ण बहादुर महरालाई सो पार्टीले प्रवक्ताको जिम्मेवारी दिएको छ । सभामुखबाट पदमुक्त भएपछि पार्टीमा प्रभावकारी भूमिका नपाएका उनलाई माओवादीले हालै सम्पन्न केन्द्रीय कमिटी बैठकबाट प्रवक्ताको जिम्मेवारी दिएको हो । यसअघि प्रवक्ताको भूमिका निर्वाह गर्दै आएका नारायणकाजी श्रेष्ठलाई भने पार्टीको प्रवास समितिको इन्चार्जको जिम्मेवारी दिइएको छ ।

यस्तै संगठन विभाग प्रमुखको जिम्मेवारी जनार्दन शर्माले पाएका छन् । शर्मा यसअघि कर्णाली प्रदेशको इन्चार्ज रहेका थिए । यस्तै राजकीय मामला तथा सुशासन विभाग प्रमुखमा रेखा शर्मालाई जिम्मेवारी प्रदान गरिएको छ । त्यस्तै प्राध्यापक सम्बद्ध संगठनहरुको ईञ्चार्जमा नारायण शर्मा, केन्द्रीय कार्यालयको ईञ्चार्जमा वर्षमान पुनलाई प्रदान गरिएको छ ।

यस्तै पार्टीको जिल्ला इञ्चार्जमा जीवन गौतमलाई निरन्तरता दिएको छ । त्यस्तै लुम्बिनी प्रदेशको पार्टीको ईञ्चार्जमा चक्रपानी खनाल, सहईञ्चार्जमा कुलप्रसाद केसी, हकिकुल्ला खान, प्रदेश अध्यक्षमा ओनसरी घर्ती र सचिबमा जगप्रसाद शर्मालाई नै निरन्तरता दिईएको छ । उनीहरु एमालेसंग पार्टी एकता पछि सोही जिम्मेवारीमा थिए ।

प्रकाशित मिति : २०७८ भाद्र ९ गते बुधवार