२०८० चैत्र १६ गते शुक्रवार

कैलाली घटना को आज ६ बर्ष पुरा



दाङ भाद्र ७
कैलाली टीकापुर घटनाको आज ६ वर्ष पूरा भएको छ । थरुहट/थारुवान र अखण्ड सुदूरपश्चिम आन्दोलनको क्रममा कैलालीको टीकापुरमा ६ वर्षअघि २०७२ साल भदौ ७ गते आजकै दिन भएको आन्दोलनमा प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी लक्ष्मण न्यौपाने सहितका ७ जना प्रहरी र एक नाबालकको मृत्यु भएको थियो ।

उक्त घटनामा मुख्य दोषी ठहर भएका रेशम चौधरीले आजीवन कैदको सजाय भोगिरहेका छन् । त्यस्तै आजको दिनलाई थरुहट थारुवान संयुक्त मोर्चाले ‘कालो दिन’ को रुपमा मनाएको छ । टीकापुर घटना भएको ६ वर्षपछि पनि थरुहट थारुवान संयुक्त मोर्चा अधिकार प्राप्तीका लागि भन्दै शान्तिपूर्ण आन्दोलनमै छ ।
यसै बिच थारुहट थारुवान रास्ट्रीय मोर्चा दाङ ले एक बिज्ञप्ति निकाली बिद्रोह दिबस मनाएको जनाएको छ।

प्रकाशित मिति : २०७८ भाद्र ७ गते सोमवार