भाद्र ५ ।
एमाले निकट बिद्यार्थी संगठन अनेरास्ववियु तुल्सिपुरको इन्चार्ज दिनेश रावत ले अनेरास्ववियु लाई सबै बिद्यार्थी को मन मन मा बसाल्ने बताउनु भएको छ।
उहाँ ले अहिले हाम्रो मात्री पार्टी नेकपा एमालेको जीवनमा केही अराजनीतिक तत्वका कारण समस्य सिर्जना भएर केही मान्छे पार्टीबाट बाहिरिएको बेला हाम्रो जनबर्गिय संघसंगठनमा पनि केही समस्या त अलिकति छन नै , यद्यपि त्यति धेरै आत्तिनु पर्ने अबस्था चाहि होइन ।
खास गरि यो अन्यौलग्रस्त समयमा मैले इन्चार्जको भुमिका निभाउन पाउनु चुनौतीपूर्ण र त्यतिकै अबसर को रुपमा नि लिएको छु।
अब हामी विशेषत: पुराना कमिटीलाई कृयाशिल बनाउने , गठन पुनर्गठन गर्ने र विद्यार्थी माझ यो कोरोनाको जटिल परिस्थितिमा शैक्षिक मुद्दा उठाउने भौतिक कक्षा संचालन हुन नसकेको अबस्थामा अनलाइन कक्षा को प्रभावकारिता बारे विद्यार्थी ,शिक्षक र अभिभावकबिच छलफल चलाउने त्यसैगरी अनलाइन कक्षा संचालन हुन नसकेको खण्डमा पनि विद्यार्थी र बिधालय बिच सहजीकरणका लागि स्थानीय निकाय , नेपाल टेलिकम सङ समन्वय गर्ने हाम्रो मुख्य उदेश्य रहेको छ ।
साथै हाम्रो मात्री पार्टी नेकपा एमालेको सरकारको पालामा भएका जन उपलब्धिमुलक कामलाइ विद्यार्थी माझ र जनताका बिचमा पनि लग्ने छौ , किनकी हाम्रो संगठन शैक्षिक मुद्दा मा मात्र केन्द्रीत नभएर सामाजिक र राजनीतिक मुद्दा मा पनि हामी केन्द्रीत छौ ।
साथै अहिले यो परमादेश सरकारले गरेका जनबिरोधी निर्णयका विरुद्ध पनि हामि टाउको कफन बाधेर आन्दोलन मा अत्रने र यो सरकारलाई घुडा टेकाउने सम्म को आन्दोलनको तयारीमा रहेको बताउनु भयो।
प्रकाशित मिति : २०७८ भाद्र ५ गते शनिवार