२०८१ माघ ५ गते आइतवार

नेपाल पक्षमा नलागेका स्थायी कमिटी सदस्यहरुले निकाले यस्तो निष्कर्ष, अब के गर्लान ओली र नेपाल



काठमाडौं । नेकपा एमाले स्थायी कमिटी सदस्यहरुले एमाले अध्यक्ष केपी शर्मा ओली र नयाँ पार्टी गठन गर्ने माधव नेपाल दुवैले आफ्ना निर्णयलाई सच्याउनुपर्ने निष्कर्ष निकालेका छन्। उनले १० बुँदे सहमतिलाई पालना गरेर अघि बढ्न समेत अपिल गर्ने निर्णय गरेका हुन् ।

एमाले सचिव गोकर्ण विष्टका अनुसार माधव नेपालसहित १४ सांसदलाई गरेको कारबाही ओलीले फिर्ता लिनुपर्ने र नयाँ पार्टी गठनको प्रक्रियाबाट माधव नेपाल पछि हट्नुपर्ने निष्कर्ष निकालेका हुन् ।

बैठकमा एमाले उपाध्यक्ष भीम रावल, युवराज ज्ञवाली, उपमहासचिव घनश्याम भुसाल,सचिवहरु गोकर्ण विष्ट, योगेश भट्टराई , स्थायी कमिटी सदस्यहरु सुरेन्द्र पाण्डे, रघुजी पन्त र अमृत बोहोरा सहभागी थिए।

प्रकाशित मिति : २०७८ भाद्र ४ गते शुक्रवार