२०८० चैत्र १६ गते शुक्रवार

माधव नेपालको पार्टीमा छैन : टीकाराम खड्का



नेकपा एमाले माधव कुमार नेपाल समूह दाङका अध्यक्ष टीकाराम खड्काले आफु एमाले समाजवादी पार्टीमा नजाने बताउनु भएको छ । बुधबार माधव नेपालको नेतृत्वमा ९५ सदसीय एमाले समाजवादी पार्टी दल दर्ता भएपछि तुलसीपुरखबर डटकमले सोधेको प्रश्नमा खड्काले आफु एमाले नै भएकाले नयाँ पार्टीमा नजाने प्रतिकृया दिनुभयो । “म एमाले दाङको अध्यक्ष हुँ । म पार्टी विभाजनको पक्षमा छैन एकताको पक्षमा छु ,’ खड्काले भन्नुभयो –“ यदि जानै परे एमाले समाजवादी पार्टीमा जानैपर्छ भन्ने छ र ? अन्य पार्टी पनि त छन नि ।”
नयाँ पार्टीमा को को छन भन्ने कुरा आफुलाई थाहा नभएको र गठन गरिएको भनिएको नयाँ दलको सदस्य समेत नरहेको स्पष्ट पार्नुभयो

प्रकाशित मिति : २०७८ भाद्र ४ गते शुक्रवार